back
NMB ad

‘नेप्से–३० इन्डेक्स’ ल्याउने तयारी

Kumari bank ad

हेमन्त जोशी, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘नेप्से–३०’ नामको एउटा छुट्टै सूचक (इन्डेक्स) ल्याउने तयारी गरेको छ ।

दोस्रो बजार कारोबारलाई सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकाङ्कको विकास, सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ इन्डेक्स जारी गर्न लागिएको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेप्से–३० इन्डेक्सबारे विभिन्न सरोकारवालाबाट सुझाव लिएर केही समयभित्रै यसलाई सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

“नेप्से–३० इन्डेक्सबारे विभिन्न सरोकारवाला क्षेत्र र विज्ञमार्फत जेठ ५ गतेसम्म सुझाव लिनेछौँ । कार्यान्वयनयोग्य र सम्बोधन गरिनुपर्ने सुझाव आएमा तिनीहरुलाईसमेत समेटी चाँडै नै यो इन्डेक्स लञ्च हुनेछ”, पराजुलीले भन्नुभयो । नेप्सेले आजै एक सूचना जारी गर्दै प्रस्तावित नेप्से–३० इन्डेक्समाथि सरोकारवालामार्फत राय–सुझाव मागेको छ । बजारमा तत्काल कारोबारयोग्य (फ्री फ्लोट) शेयरलाई समावेश गरी बजार पुँजीकरणमा आधारित (भ्यालु वेटेड) सूचकाङ्कको रुपमा नेप्से–३० इन्डेक्स तर्जुमा हुने जनाइएको छ । यो सूचकाङ्कले बजार कारोबार तथा उतार–चढावलाई प्रतिविम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेन्ज ट्रेडेड फन्ड सञ्चालनलगायतमा सघाउ पुग्ने नेप्सेको भनाइ छ ।

“नेप्से–३० इन्डेक्सबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुन जान्छ”, नेप्सेले भनेको छ, “दीर्घकालीन महत्व राख्ने यस सूचकाङ्कको गणना विधि र यसमा समावेश गरिने सूचीकृत सङ्गठित संस्था छनोटको विधि पारदर्शी र विश्वसनीय बनाउन आवश्यक छ ।”

प्रस्ताविक नेप्से–३० इन्डेक्समा समावेश हुनका लागि सूचीकृत सङ्गठित संस्था छनोटका आधार पनि तोकिएका छन् । “प्रतिशेयर चुक्ता मूल्यभन्दा प्रतिशेयर किताबी मूल्य बढी हुनुका साथै विगत पाँच आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा तीन वर्ष खुद नाफामा रहेको कम्पनी नेप्से–३० इन्डेक्समा रहन योग्य मानिनेछ”, नेप्सले सूचनामार्फत भनेको छ, “अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फिति दरभन्दा बढी रहेको हुनुपर्नेछ ।”

त्यसैगरी, यस्तो इन्डेक्समा सूचीकृत हुन कम्पनीको कम्तीमा २५ प्रतिशत सर्वसाधारणमा जारी भएको वा कूल फ्रि–फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी रहेको हुनुपर्नेछ । कम्तीमा २० हजारभन्दा बढी शेयर सदस्य रहेको, पछिल्लो छ महिना अवधिमा दैनिक औसत २५ लाख वा सोभन्दा बढी रकमको कारोबार भएको, दैनिक औसत पाँच हजार कित्ता वा सोभन्दा बढीको कारोबार भएको र दैनिक औसत ४० भन्दा बढी पटक कारोबार भएको कम्पनी नेप्से–३० इन्डेक्समा राख्न योग्य मानिनेछन्

त्यसैगरी, प्रस्तावित नेप्से–३० इन्डेक्सको गणना विधि पनि तयार पारिएको छ । “प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत सङ्गठित संस्थाको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रतिशेयर आम्दानी, कारोबार रकम, कारोबार सङ्ख्या तथा कारोबार कित्ताका आधारमा कूल भार ९कम्पोजिट वेट० गणना गरिनेछ”, नेप्सेले भनेको छ, “सूचीकृत सङ्गठित संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत्, उत्पादनमूलक, व्यापार तथा सेवा गरी छ वटा क्षेत्रगत समूहमा वर्गीकरण गरी प्रत्येक समूहभित्र छुट्टाछुट्टै कम्पनीको आ–आफ्नो समूहमा कूल भार (सेक्टरल कम्पोजिट वेट) गणना गरिनेछ ।”

यस्तो गणनापछि उच्चतम भार प्राप्त गर्ने संस्थाबाट आठवटा कम्पनी कम्पनी छनोट गरिनेछ । कुनै समूहमा आठ वटाभन्दा कम संस्था छनोट भएमा सबै संस्थालाई छनोट गरिने जनाइएको छ । अहिले नेप्सेमा विभिन्न १७ वटा इन्डेक्स छन् । सर्वसाधारण लगानीकर्ताको सबैभन्दा बढी चासो भने नेप्से इन्डेक्समा रहन्छ । नेप्से इन्डेक्समा सूचीकृत सबै कम्पनीको कारोबार प्रतिविम्बित हुन्छ । राम्रा–नराम्रा, लामो समयदेखि कारोबार नभएकादेखि फ्रिक्वेन्टी कारोबार हुने सबै कम्पनी त्यहाँ हुन्छन् । जसकारण बजारको वास्तविक अवस्था प्रतिविम्बित नहुन सक्छ ।

यसअघि नेप्से–५० इन्डेक्स ल्याउने गरी छलफल भइरहेको भए पनि अन्तिममा नेप्से–३० इन्डेक्स जारी गर्ने निर्णयमा नेप्से पुगेको हो । यो इन्डेक्सबाट लगानीकर्ताले मुख्यगरी तीनवटा सुविधा पाउने छन् । पहिलो, यसले बजारको वास्तविक अवस्था देखाउनेछ । दोस्रो, नेप्से–३० लाई आफैँमा एक सेक्युरिटीका रुपमा कारोबार गर्न सकिनेछ भने तेस्रो यसले प्यासिभ म्युचुअल फन्डलाई सहयोग गर्ने ठानिएको छ ।

नेप्से–३० कार्यान्वयनमा लैजाने तयारी नेप्सेले गरिरहँदा यसलाई कार्यान्वयनका लागि वातावरण बनाउन सकिन्छ वा सकिँदैन भन्ने विषय भने स्पष्ट छैन । किनकि, नेप्से–३० इन्डेक्स कार्यान्वयनमा ल्याएसँगै यसलाई नै प्रोडक्टका रुपमा कारोबार गर्न लगानीकर्ता तयार हुनुपर्ने हुन्छ ।

लगानीकर्ताले नेप्सेमा लगानी गर्दा निश्चित प्रतिशत मुनाफा ९डेभिडेन्ट० को अपेक्षा गर्छन् तर नेप्से–३० इन्डेक्समा लगानी गर्ने लगानीकर्ताले मुनाफा भन्ने हुँदैन । कारोबारकै आधारमा त्यसको नाफा घाटा निर्धारण हुन्छ । जसकारण यस्तो प्रकृतिको इन्डेक्समा लगानी गर्नका लागि बजार तयार छ वा छैन भन्ने स्पष्टता देखिँदैन । बजारले ‘इन्भेस्टमेन्ट टुल’का रुपमा मात्रै यो इन्डेक्सलाई प्रयोग गर्न सक्नेछ । त्यस्तै, कम्पनीको प्राविधिक विश्लेषणले यो इन्डेक्समा काम गर्दैन । यसमा अनुमानका आधारमा कारोबार हुन्छ ।

नेप्से–३० इन्जेक्स जारी हुँदा यसबाट नेप्सेको काम पनि बढ्नेछ । किन भने तथ्याङ्क विश्लेषण र कारोबार नियमनको काम नेप्सेमा थपिन्छ । कम्पनीको क्राइटेरिया विश्लेषण गर्ने, नियमन गर्ने, इन्डेक्स एडजस्मेन्ट गर्नेलगायतका काम नेप्सेले गर्नुपर्ने हुन्छ ।

वि.सं.२०८० वैशाख २० बुधवार १८:०४ मा प्रकाशित

You can share this post!

नेप्सेले गर्यो सिटिजन लाइफको सेयर कारोबार फुकुवा

नेप्सेले गर्यो सिटिजन लाइफको सेयर कारोबार फुकुवा

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:२१

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लेसिटिजन लाइफ इन्स्योरेन्सको कम्पनी लिमिटेडको सेयर कारोबार...

सानिमा रिलायन्सको व्यवसाय दोब्बरले वृद्धि, जीवन बीमाकोष साढे १३ अर्ब माथि

सानिमा रिलायन्सको व्यवसाय दोब्बरले वृद्धि, जीवन बीमाकोष साढे १३ अर्ब माथि

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:०८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

महँगियो सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

महँगियो सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १०:४६

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ बढेको छ...

हिमालयन रिइन्स्योरेन्सको नाफामा शतप्रतिशत वृद्धि, कुन सूचक कस्ता छन् ?

हिमालयन रिइन्स्योरेन्सको नाफामा शतप्रतिशत वृद्धि, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १०:३७

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ   

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ   

वि.सं.२०८१ वैशाख ३० आइतवार १०:२५

काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच...

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख ३० आइतवार ०७:००

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको...