काठमाडौं । मोदी ईनर्जी लिमिटेडको शेयरमा करिब साढे ८ लाखको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज बिहीबारसम्ममा ८ लाख ४० हजार ६४८ आवेदकबाट ९४ करोड ४६ लाख रुपैयाँ बराबरको ९४ लाख ४६ हजार कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई छुट्टाएको ५५ लाख ५९ हजार ४२० कित्ता शेयरको १.६९ गुणा बढी हुन्छ ।
कम्पनीले कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९ सय १० कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २ सय ८० कित्ता सुरक्षित गरि सर्वसाधारणलाई ५९ लाख ९४ हजार ४ सय २० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
सर्बसाधारणले आईपिओमा वैशाख २४ गतेसम्म आवेदन दिन सक्ने छन् । यसमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
वि.सं.२०८० वैशाख २१ बिहीवार १७:३२ मा प्रकाशित