back
NMB ad

समाजमा अपराधको मोडल फेरिँदै गएको छ : प्रहरी महानिरीक्षक कुँवर

Kumari bank ad
लुम्बिनी । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताउनुभएको छ । उहाँले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताउनुभयो ।
इलाका प्रहरी कार्यलय बुटवलको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उहाँले प्रविधिले सृजना गरेको आपराधिक चुनौतीको नियन्त्रण सामना गर्न नेपाल प्रहरी पनि सोहीअनुसार अग्रसर भएर काम गरिरहेको बताउनुभयो ।
आइजिपी कुँवरले प्रहरी सीमान्तकृत र निम्नवर्गीय नागरिकको साथी बनेर काम गर्ने गरी अगाडि बढिरहेको बताउनुभयो । “नेपाल प्रहरीले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ । त्यसका लागि प्रहरी सङ्गठन प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गर्दै सर्वसाधारण नागरिकको जनजीवनलाई सरल, सहज र सुरक्षित गराउने दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ ।”
उहाँले देशैभरका प्रहरी कार्यालयमा नागरिक सहायता कक्षलाई व्यवस्थित बनाउने उल्लेख गर्दै स्थानीय सरकारको समन्वयमा लागु औषध नियन्त्रणको विशेष कार्यक्रम चलाइने बताउनुभयो । उहाँले प्रहरीको कार्यदक्षता वृद्धिका लागि भौतिक पूर्वाधारको सम्पन्नतामा पनि ध्यान दिइएको बताउनुभयो  ।
सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले व्यावसायिक क्षेत्रको संरक्षण, दुर्व्यसन न्यूनीकरण र अनुचित दबाब दिने कामको नियन्त्रणमा प्रहरीको सहयोग जरुरी रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशीले लुम्बिनी प्रदेशको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा सङ्घीय सरकारमार्फत प्राप्त रु दुई करोड ४१ लाख २० हजारको लागतमा नागरिक सहायता कक्ष र मेस निर्माण भएको छ भने लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु तीन करोड १९ लाख १३ हजारमा प्रहरी ब्यारेक र कार्यालय प्रमुखको निवास निर्माण भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

वि.सं.२०८० वैशाख २१ बिहीवार १७:३७ मा प्रकाशित

You can share this post!

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने   

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:०६

लस एन्जलस, ३० वैशाख : अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस...

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार   

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:०१

दिलकुमार लिम्बु फुङ्लिङ (ताप्लेजुङ), ३० वैशाखः ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण...

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह   

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह   

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:५१

काठमाडौँ, ३० वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले...

राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा नेपालको राजीनामा स्वीकृत   

राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा नेपालको राजीनामा स्वीकृत   

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:३९

काठमाडौँ, ३० वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले...

नेप्सेले गर्यो सिटिजन लाइफको सेयर कारोबार फुकुवा

नेप्सेले गर्यो सिटिजन लाइफको सेयर कारोबार फुकुवा

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:२१

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लेसिटिजन लाइफ इन्स्योरेन्सको कम्पनी लिमिटेडको सेयर कारोबार...

सानिमा रिलायन्सको व्यवसाय दोब्बरले वृद्धि, जीवन बीमाकोष साढे १३ अर्ब माथि

सानिमा रिलायन्सको व्यवसाय दोब्बरले वृद्धि, जीवन बीमाकोष साढे १३ अर्ब माथि

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:०८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...