काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ ।
यी तीन इन्स्योरेन्स गाभिएर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट बैशाख २६ गते देखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो ।
सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम उक्त संस्थाहरुको सेयर कारोबार चैत ९ गते देखि रोक्का गरिदिएको नेप्सेले जनाएको छ ।
वि.सं.२०८० वैशाख २५ सोमवार १५:३९ मा प्रकाशित