back
NMB ad

राजेशबाबुलाई अस्ट्रियाका राष्ट्रपतिबाट विभूषण

Kumari bank ad

काठमाडौं । नेपालका लागि संघीय गणतन्त्र अस्ट्रियाका अवैतनिक बाणिज्यदूत राजेशबाबु श्रेष्ठ अस्ट्रियाका राष्ट्रपतिबाट विभूषित हुनुभएको छ । नेपालमा रहेर मित्रराष्ट्र अस्ट्रियाका लागि गरेको सेवाबापत श्रेष्ठले राष्ट्रपतिबाट प्रदान गरिने प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पाउनुभएको हो । यो अस्ट्रिया राज्यले प्रदान गर्ने सम्मान हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समुपस्थितिमा नेपालका लागि गणतन्त्र अस्ट्रियाका राजदूत क्याथरिना विजरले श्रेष्ठलाई विभूषण हस्तान्तरण गर्नुभएको हो । यसअघि सन् २०१३ मा नेपालका लागि अस्ट्रियाका तत्कालीन अवैतनिक बाणिज्यदूत स्व.लक्ष्मणबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारले ‘डेकोरेसन अफ अनर इन गोल्ड’बाट विभूषित गरेको थियो ।

सम्मान हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सम्मानित व्यक्तित्व श्रेष्ठले भौगोलिक अवस्थिति, हिमालय र अतिथि सत्कारको परम्परामा नेपाल र अस्ट्रियाबीच समानता रहे पनि आर्थिक विकासको सन्दर्भमा अस्ट्रियाले ठूलो प्रगति हासिल गरेको बताउनुभयो । आर्थिक समृद्धि हासिल गर्ने सन्दर्भमा नेपालले अस्ट्रियाबाट धेरै कुरा सिक्न सक्ने पनि उहाँले बताउनुभयो ।
पर्यटन, सुरुङ र हिमाली पूर्वाधार, जलविद्युत् तथा स्वच्छ ऊर्जा जस्ता क्षेत्रमा अस्ट्रियाबाट नेपालले धेरै अनुभव लिन सक्ने उहाँको भनाइ छ ।

सो अवसरमा श्रेष्ठले मित्रराष्ट्र अस्ट्रियाले नेपाललाई गरेको सहयोग, विशेष गरी सांस्कृतिक सम्पदाको पुनःनिर्माण र संरक्षणको क्षेत्रमा गरेको सहयोगको पनि स्मरण गर्नुभयो । ‘केशरमहलस्थित स्वप्न बगैंचा र पाटन संग्रहालय यसका ठोस उदाहरण हुन्,’ श्रेष्ठले भन्नुभयो, ‘कोभिड–१९ महामारीका बेला पनि मित्रराष्ट्र अस्ट्रियाले नेपाललाई उदारतापूर्वक सहयोग गरेको छ ।’ पछिल्लो सहायतामा अस्ट्रियाले नेपाललाई कोभिड–१९ को ४ लाख थान फाइजर खोप उपलब्ध गराएको छ । अस्ट्रियाले उपलब्ध गराएको खोप युरोपेली संघमार्फत संयुक्त राष्ट्रसंघको कोभ्याक्सअन्तर्गत नेपाललाई प्राप्त भएको हो ।

नेपाल र अस्ट्रियाबीच ६४ वर्ष पुरानो सुमधुर दौत्य सम्बन्धको इतिहास छ । आगामी दिनमा यो सम्बन्ध राजनीतिक, आर्थिक, सामाजिक र जनस्तरमा अझ बलियो बन्दै जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि अस्ट्रियाका राजदूत विजरले सन् २००७ मा लक्ष्मणबाबु श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतनिक दूत नियुक्त हुनुभएपछि अस्ट्रियाले उहाँले र पछि हालका अवैतनिक दूतबाट पाएको सहयोगको प्रशंसा गर्नुभयो । कोभिड–१९ महामारीका बेला अवैतनिक दूत श्रेष्ठले नेपालमा रहेका अस्ट्रियाका नागरिकलाई गरेको सहयोग अविस्मरणीय रहने पनि उहाँले बताउनुभयो । श्रेष्ठ मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ ।

वि.सं.२०८० वैशाख २५ सोमवार १६:४६ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...