back
NMB ad

मिथुन राशिले प्रेमीको सहयोग पाउने, अन्य कुन राशिको कस्तो छ आज ?

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । भौतिक सुख पनि मिल्नेछ ।

धनु

धनु )ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभ र मङ्गल कार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वादिलो परिकार पनि मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कुनै कुराले मनमा शान्ति र प्रसन्नता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तिसँग भेटघाट हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । रोकिएका घरायसी काममा सुरुहुने र प्रगतिको वातावरण बन्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८० वैशाख २६ मंगलवार ०६:१७ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...