back
NMB ad

विदेशबाट फर्किएका लोकबहादुर वस्तुभाउसँग रमाउँदै   

Kumari bank ad

जानकी, २६ वैशाख । लोकबहादुर सिंह ठकुरी चारवर्ष अगाडि साउदी अरबबाट घर फर्कनुभयो । खजुरा गाउँपालिका–२ निवासी उहाँ घर फर्किएलगत्तै सुबेदार द्रोण कृषि फार्म प्रालि फार्म सञ्चालन गरेर व्यवसाय गर्न थाल्नुभयो । करिब २४ वर्ष विदेशमा बस्नुभएका लोकबहादुर अहिले पशुपालनमै व्यस्त र खुसी हुनुहुन्छ । “दुःख पनि छ रमाईलो पनि छ”, उहाँले भन्नुभयो, “२४ वर्ष अरुको देशमा बसेर अनुभव बटुलेको छु । गरे आफ्नै देशको माटोमा सुन फलाउन सकिन्छ।”

तीनवटा भैँसीबाट आफ्नो व्यवसाय सुरु गरेका लोकबहादुरले सुरुमा युट्युबमा हेरेर प्रेरणा मिलेको बताउनुभयो । अहिले उहाँसँग पाँच वटा भँैसीका साथै २६ वटा बाख्रा र तीन सयभन्दा बढी कुखुरा छ । कुखुरा उत्पादनका लागि आफ्नै उपकरण पनि छ । विदेशमा रहेकै बखत युट्युबमा भैँसीको गोबरबाट ग्यास उत्पादन गरेको देखेर प्रेरणा जागेको उहाँले बताउनुभयो ।

दैनिक ३० लिटर दूघ नजिकैको रिमझिम बजारमा बिक्री गर्दै आउनुभएका लोकबहादुर दूधको माग दिनहुँ बढेकाले भैँसीसँगै बाख्रा र कुखुरालाई थप्दै जाने योजनामा हुनुहुन्छ। उहाँले भन्नुभयो, “मसँग रहेको बाख्रा र कुखुराको व्यवसाय पनि राम्रै चलेको छ । आगामी दिनमा बाख्रा र कुखुरालाई थप्दै लैजाने योजना बनाएको छु ।”

पशुपालनको माध्यमबाट स्थानीय बजारको मागलाई आपूर्ति गर्न सक्ने गरी उन्नत जातको बाख्रा उत्पादन तथा बिक्री वितरण गर्ने योजना रहेको अर्का द्रोण कृषि फार्म प्रालिका प्रोप्राइटर अर्जुन शाहीले बताउनुभयो । छ वर्ष विदेशमा काम गरेर फर्कनुभएका उहाँ पनि लोकबहादुरले झै पशुपालन व्यवसाय गर्दै आउनुभएको छ ।

“राज्यले व्यवसाय सञ्चालनका लागि अनुदान, ऋणलगायत सुविधा दिनुपर्छ”, अर्जुनले भन्नुभयो, “गाउँमै रोजगारी र आम्दानी लिन यस्ता व्यवसाय कोसेढुङगा सावित हुनेछ ।” पच्चिस कठ्ठा जमिनमा फार्म सञ्चालन गर्नुभएका अर्जुनको करिब रु ८० लाख लगानी भैसकेको छ भने पाँच जनाले रोजगारी पाएका छन् ।

“राज्यले दिने सुविधा किसान सामु पुग्नै सक्दैन साना किसानलाई उत्प्रेरणा दिनुपर्ने ठाउँमा झण्झटिलो प्रक्रियाले किसान झनै पीडित भएका छन्”, उहाँले भन्नुभयो, “किसान र राज्यको दूरी नजिक भएमात्र किसानले पाउने सेवा सुविधा पारदर्शी हुन्छ । किसानले उत्पादन गरेको वस्तु राज्यले सिधैँ किन्ने वातावरण मिलाउन सके नेपालका अधिकांश युवा पशुपालन तथा कृषि पेसामा आकर्षित हुने अर्जुनको भनाइ थियो ।

उक्त पालिकाको पशु शाखामा कार्यरत तारा खड्काले स्थानीय तहले पशुपालनका लागि पारदर्शीरुपले सहयोग गर्दै आएको बताउनुभयो । खजुरा पशु शाखाबाट स्थानीय किसानलाई चाहिने कृषि औँजार, अनुदान, कृषि बीउविजन, घाँसलगायत सेवा सुविधा भने मागअनुसार प्रदान गर्न नसकिएको तर पशु व्यवसायका लागि नियमबमोजिम अनुदान प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

वि.सं.२०८० वैशाख २६ मंगलवार १२:३२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:२५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:१९

काठमाडौँ, ३१ वैशाख : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन...

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान   

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:३८

क्यानबेरा, ३१ वैशाख  : अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को...

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत   

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:१६

विराटनगर, ३१ वैशाखः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी...

नेप्सेमा ७७ लाख ४४ हजार कित्ता सेयर सूचिकृत

नेप्सेमा ७७ लाख ४४ हजार कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:०९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...