back
NMB ad

महासंघ पदाधिकारी प्रतिनिधिमण्डल र श्रम मन्त्री बीच भेटवार्ता

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी समक्ष आज मन्त्रालयमा भेटवार्ता गरेको छ ।

सो अवसरमा महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र मन्दीतर्फ गएको संकेत तथ्यांकहरुले पुष्टि गरीसकेकाले यो अवस्थामा उद्योग व्यवसाय संचालन र रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनिकरण गर्न र सम्भावित समस्या सामना गर्न सरकार र निजी क्षेत्रको बलियो सहकार्यमा जोड दिनुु भयो ।

अध्यक्ष ढकालले श्रम बजारको माग अनुसारको शीप विकासमा पनि सो अवसरमा जोड दिनुुभयो । वैदेशिक रोजगारीमा जांदा लिइने केही अव्यवहारिक नीति नियमको पुनरावलोकन हुनुुपर्नेमा पनि मन्त्री भण्डारीको ध्यानाकर्षण गराउनुु भयो ।

महासंघसंगको भेटमा मन्त्री भण्डारीले महासंघकातर्फबाट राखिएका सुुझावका सम्बन्धमा मन्त्रालयका तर्फबाट गर्नुपर्ने नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्न आफू सकारात्मक रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारसंग सम्बन्धित नीति नियमलाई व्यवहारिक बनाउन आफू तयार रहेको र शीप विकास लगायतका श्रम क्षेत्रका सवै विषयमा निजी क्षेत्रको सरसल्लाहमा छलफल गरी काम गर्ने विश्वास दिलाउनुु भयो ।

प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र महानिर्देशकको सहभागिता रहेको थियो ।

अध्यक्ष ढकाल र आइएलओ देशिय निर्देशक बीच भेटवार्ता

आजै महासंघ सचिवालयमा महासंघका अध्यक्ष ढकाल र अन्तराष्ट्रिय श्रम संगठनका नेपालका लागि देशिय निर्देशक नुमान ओजकान बीच भेटवार्ता भयो ।

भेटका अवसरमा महासंघका अध्यक्ष ढकालले विद्यमान आर्थिक अवस्था, श्रम सम्बन्ध र महासंघको वर्तमान नेतृत्वले अगाडि सारेका मुख्य प्राथमिकताका विषय वारे जानकारी गराउंदै आइएलओबाट प्राप्त सहयोगका लागि धन्यवाद दिनुु भयो ।

अध्यक्ष ढकालले आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने लगायतका महासंघको प्राथमिकतालाई सफल पार्न महासंघ र आइएओको सहकार्यमा जोड दिनुु भयो ।

सो अवसरमा आइएलओका देशिय निर्देशक नुमान ओजकानले शीप विकास, पेशागत स्वास्थ्य सुरक्षा, सामाजिक सुरक्षा र सामाजिक संवादको विषयमा चर्चा गर्दै समावेशी आर्थिक विकासमा जोड दिनुु भयो । उहांले महासंघसंगको सहकार्य र सहयोग आउंदा दिनमा पनि निरन्तर रहने प्रतिवद्धता जनाउनुु भयो ।

भेटका अवसरमा महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ,महासंघका महानिर्देशक र आइएलओ काठमाडौका अधिकारीहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०८० वैशाख २६ मंगलवार १८:१३ मा प्रकाशित

You can share this post!

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...