back
NMB ad

आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर, आठ घरगोठ नष्ट   

Kumari bank ad

अर्घाखाँची, २६ वैशाख  ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका–२ तिरतिरे जङ्गलमा लागेको आगो स्थानीय बस्तीको पदम बेल्वासेको घरमा सल्किएपछि निभाउने क्रममा उहाँहरू गम्भीर घाइते भएका हुन् । घाइते पाँच जनालाई जिल्ला अस्पताल सन्धिखर्कमा प्राथमिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले बताउनुभयो ।

आगलागीमा परी भूमिकास्थान–२ तिरतिरेका ५५ वर्षीय पदम बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे, ७२ वर्षीय पीताम्बर बेल्वासे र २६ वर्षीया अस्मिता बेल्वासे घाइते भएका हुन् । आगोले पदम बेल्वासेको घर पनि जलेर नष्ट भएको प्रहरी प्रमुख रिजालले बताउनुभयो ।

घाइतेका शरीरका विभिन्न भाग जलेका प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर जोगाउन सफल भएको वडा नम्बर २ का वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिनुभयो ।

सन्धिखर्क नगरपालिकाको वडा नम्बर–४, वाङलामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन् । कम्तीमा चार भैँसी जलेका छन् । कुखुरा फर्ममा आगलागी हँुदा आठ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका आठ घरगोठ जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।

वि.सं.२०८० वैशाख २६ मंगलवार २१:४१ मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...