back
NMB ad

४६ वर्षपछि जग्गाधनी पुर्जा !   

Kumari bank ad

काभ्रेपलाञ्चोक, २७ वैशाख । धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरका दुईसय ३० परिवार ४६ वर्षपछि ‘जग्गाधनी’ बनेका छन् । स्थानीय नागरिकले जग्गा नापी भएको ४६ वर्षपछि जग्गाको पुर्जा प्राप्त गरेका हुन् ।

तत्कालीन अवस्थामा स्थानीयले ‘किसान आन्दोलन’ तथा ‘भर्पाइ आन्दोलन’ गरेका कारण राजनीतिकलगायत अन्य कारणबाट ती नागरिकले विसं २०३४ मा दर्ता भएको जग्गाको पुर्जा प्राप्त गर्न सकेका थिएनन् । यसयता विसं २०५४ का जनप्रतिनिधिले उनीहरुलाई पुर्जा उपलब्ध गराउने प्रयास गरे पनि सम्भव नभएको नगरप्रमुख आशोककुमार ब्यान्जु श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसपछि बनेपा, पनौती र धुलिखेल नगरको सिमाङ्कन विवाद जनाउँदै पुर्जा वितरण हुन दिइएन ।” उहाँका अनुसार पुर्जा नहुँदा स्थानीय सरकारको विशेष निर्णय र पहलमा नागरिकले भूकम्पपछिको पुनर्निर्माण गर्न सम्भव भएको थियो ।

विसं २०६७ मा डिजिटल नापी कार्यालयमार्फत पुनःनापी गरिए पनि सिमाङ्कन विवाद, भुकम्प, कोरोनालगायतका कारण देखाउँदै प्रक्रिया अघि नबढाइएको बताइन्छ । उहाँले पुर्जा तयार भएका जग्गा धनीलाई सोबारदेखि पुर्जा वितरण गर्नुभएको छ । “प्रक्रिया पु¥याइ पुर्जा तयार भएर आएकालाई क्रमैसँग वितरण गर्दै गइनेछ”, उहाँले भन्नुभयो ।

डिजिटल नापी कार्यालय बनेपाले भने पुर्जा पाउन छुट भएका नागरिकलाई ६० दिनभित्र कागजातसहित प्रक्रियामा आउन भनेको छ । कार्यालय प्रमुख सरस्वती धितालका अनुसार डिजिटल नापी सुरुभएको १३ वर्षपछि पुर्जा वितरण गर्न सम्भव भएको हो । “छुट भएका नागरिकलाई ६० दिनभित्र प्रक्रियामा आउन अनुरोध गरेका छौँ” उहाँले भन्नुभयो । उहाँका अनुसार १ सय २० दिनपछि सबै श्रेस्ता मालपोत कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने कानुनी प्रक्रिया रहेकाले नागरिकलाई समयमै उजुरी गर्न अनुरोध गरिएको हो । कार्यालयले पुर्जा भएका नागरिकलाई पनि नयाँ प्रणालीअनसार डिजिटल पुर्जा वितरण गर्दै आएको छ ।

श्रीखण्डपुरमा विसं २०३४ सालमा नापी भएको २०७ नं कित्ताको एक प्लटमा २८ रोपनी ५ आना जग्गामा २०६६ सालसम्ममा ८५ घर परिवारको बसोबास रहँदै आएको थियो । उक्त स्थानमा एक आना मात्रै जमिन भएका नागरिकको पनि बसोबास रहेको छ । स्थानीय नागरिक पुर्जा प्राप्त भएपछि खुसी भएका छन् । स्थानीयले पुर्जा नहुँदा ‘अचल जमिन’ बैकमा राखेर गर्जो धान्नसमेत सकेका थिएनन् ।

भूकम्पका समयमा पनि पुनर्निर्माणका लागि सम्झौताका लागि पुर्जा अनिवार्य गरिँदा लामो समय अनुदानबाट सोही क्षेत्रका नागरिक बञ्चित रहेको वडाध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले बताउनुभयो । “अझै केही प्लटको जमिन डिजिटल नापी हुन बाँकी रहेकाले छुट भएका नागरिकको पुनः नाप जाँच गराएर पुर्जा वितरण गर्ने प्रक्रियाका लागि सहजीकरण गर्दै जानेछौँ” उहाँले भन्नुभयो । उहाँका अनुसार जग्गाधनी पुर्जा पाएपछि यसअघि भोग्नुपर्ने नागरिकता प्राप्ति लगायतकै समस्याबाट स्थानीय मुक्त भएका छन् । अबका केही दिनमा साबिक श्रीखण्डपुर गाविस–१ का ३२, वडा नं २ का ९३ र वडा नं ३ का १ सय पाँच जनाले डिजिटल नापी पछिको पुर्जा प्राप्त गर्ने जनाइएको छ । नापी कार्यालयका अनुसार पूर्जा दिने तयारी भएका नागरिकको जग्गा हालसाबिक भैसकेको छ ।

नगर कार्यालयले यसअघि धुलिखेल नगरको वडा नं ८ र ९ मा पर्ने श्रीखण्डपुरमा ८ न वडाका नागरिकलाई पुर्जा वितरण गरिसकिएको छ । यो प्रक्रियालाई निरन्तर अघि बढाइनेसमेत नगरपालिकाले जनाएको छ ।

वि.सं.२०८० वैशाख २७ बुधवार ११:४९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...