back
NMB ad

धादिङमा अवरुद्ध सडक सञ्चालनमा

Kumari bank ad

धादिङ, वैशाख २८ । नुवाकोट र धादिङ सिमानामा पर्ने गल्छी गाउँपालिका–८ निबुवाबोट अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

स्थानीय शानदार होटलमा खाना खाएर रकम तिर्ने विषयलाई लिएर विवाद हुँदा सोही होटलका निरज पण्डितले चक्कुले हानेपछि उपचारको क्रममा सोही ठाउँका विनोद मगरको मृत्यु भएको थियो । पीडित पक्ष, गाउँले र प्रहरी मिलेर दोषीलाई कारबाही गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि अवरुद्ध गल्छी–त्रिशूली सडक खण्डमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।मगरको मृत्युपछि आक्रोशित गाउँलेले पण्डितको घर जलाउन लागेपछि प्रहरीले हवाई फायर समेत गरेको थियो ।

बुधबार राति ११ बजे शानदार होटलमा खाना खाएपछि विनोद मगरसहित ३ जनाले १५ सय रुपैयाँ तिरेका थिए । यसअघिको पैसा नतिरेको भनेर साहुनी सरस्वती पण्डितसँग विवाद भएको थियो । त्यसपछि सरस्वतीले सुतिसकेको छोरा निरजलाई बोलाएकी थिइन् ।

उनले चक्कु प्रयोग गरेका थिए । पछि मगरको शरीरमा मोटरसाइकल समेत गुडाएको प्रत्यक्षदर्शीले बताएका छन् । गाउँलेहरूले विनोदको उपचारको लागि काठमाडौं पठाएका थिए । उनको काठमाडौंमै मृत्यु भएपछि गाउँले झन् आक्रोशित बनेका थिए । त्यसपछि गाउँलेले विरोधस्वरुप सडक बन्द गराएका छन् ।

प्रहरीले सरस्वती र निरज पण्डित र सोही होटलमा बसेका दुई पुरुष र दुई महिला समेतलाई पक्राउ गरी कारबाहीको दायरमा ल्याइसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख तथा एसपी गौतम मिश्रले जनाएका छन्

वि.सं.२०८० वैशाख २८ बिहीवार १४:१२ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...