back
NMB ad

उदयपुर सिमेन्ट उद्योगको नाफा चार करोड ९२ लाख   

Kumari bank ad

कटारी, २९ वैशाख  । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले आर्थिक वर्ष २०७८/७९ मा करिब पाँच करोड आम्दानी गरेको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको आज सम्पन्न ३५औँ वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनमा रु चार करोड ९२ लाख ५६ हजार रकम नाफा आर्जन गरेको जनाइएको छ । उद्योगले आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव ०७८/७९ मा करिब २३ प्रतिशत बढी उत्पादन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनकाअनुसार आव २०७७/७८ मा १७ लाख ६७ हजार बोरा सिमेन्ट उत्पादन हुँदा ३० करोड नोक्सानी भएकामा आव २०७८/७९ मा २१ लाख ७२ हजार बोरा सिमेन्ट उत्पादन गरी नाफा आर्जन गर्न सफल भएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

उद्योगले एक वर्षमा एक अर्ब ६१ करोड २५ लाख आम्दानी गरेको छ भने हालसम्म उद्योगको सञ्चित नाफा ५८ करोड १४ लाख ६६ हजार रहेको महाप्रबन्धक न्यौपानेले बताउनुभयो । सिमेन्ट उद्योगको वार्षिक साधरणसभाको उद्घाटन गर्दै उद्योग तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारी स्वामित्वको उद्योगलाई बचाउन आगामी बजेटमा विशेष व्यवस्था गर्ने बताउनुभयो ।

उदयपुर सिमेन्ट उद्योगमा सरकारले थप लगानी गर्न मन्त्रालयले एक कार्यदल गठन गरेको र सो कार्यदलको प्रतिवेदनका आधारमा लगानीको स्वरुप प्रस्ट हुने मन्त्री रिजालले बताउनुभयो । मन्त्री रिजालले उदयपुर सिमेन्ट उद्योगमा काम नै नगरी ओभरटाइम सेवा लिने प्रवृत्तिलाई दुरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

साधरणसभाले विराटनगर जुटमिल्सले २०५१ सालमा ऋण लगेको ३४ लाख रकम असुल गर्न विराटनगर जुटमिल्सका नाममा रहेको तीन बिघा १२ कट्ठा जग्गा रोक्का राख्ने निर्णय अनुमोदन गरेकोे छ ।

वि.सं.२०८० वैशाख २९ शुक्रवार २०:२५ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...