काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्या लेखापरिक्षक नियुक्त गरेको छ ।
संस्थाको गत बैशाख ३० गते सम्पन्न एघारौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।
संंस्थाले लेखापरीक्षणको कार्य गर्नको लागि खतिवडा दिपेश एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्स ललितपुरलाई नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।
वि.सं.२०८० वैशाख ३१ आइतवार १२:४१ मा प्रकाशित