काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत (डिसीइओ) पदमा आवेदन खुल्ला गरेको छ ।
संस्थाले जेष्ठ १ गते दिन एक सूचना प्रकाशित गर्दै सो पदमा १ जना कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर (मास्टर डिग्री) तह उत्तिर्ण गरेको हुनुपर्ने तथा बैक तथा वित्तिय क्षेत्रमा कम्तिम ५ वर्ष सम्म काम गरेको अनुभवी उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने संस्थाले जनाएको छ ।
इच्छुक उम्मेदवारले संस्थाको आधिकारीक वेवसाईट मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
वि.सं.२०८० जेठ १ सोमवार ११:३३ मा प्रकाशित