काठमाडौं, २ जेठ । नेपाल राष्ट्र बैंकले आफ्नो ओ.टि.पी. कसैले मागे नदिन सुचित गरेको छ । वित्तिय चेतनाका लागि सूचना जारी गर्दै राष्ट्र बैंकले भनेको छ, ‘विद्युतीय कारोबार गर्न खोजिरहेको व्यक्ति सही व्यक्ति हो वा होइन र कारोबार अधिकृत हो वा अनधिकृत हो भन्ने पहिचानको लागि सेवा प्रदायकको प्रणालीले स्वचालित रूपमा प्रदान गर्ने पासवर्ड नै ओ.टी.पी हो’ ।
निश्चित प्रयोजनका लागि तोकिएको समयभित्र मात्र प्रयोग गर्न मिल्नेगरी प्रयोगकर्ताले दर्ता गरेको फोन वा इमेलमा मात्र प्राप्त हुने भएकोले अन्य कसैलाई पनि ओ.टी.पी. दिनुहुँदैन । विभिन्न बहानामा ओ.टी. पी. माग्ने र रकम चोरी गर्ने घटना संसारभर नै हुने गरेका छन् त्यसैले सजग भई विद्युतीय भुक्तानीका कारोबार गर्नुपर्दछ ।
वि.सं.२०८० जेठ २ मंगलवार १७:३२ मा प्रकाशित