back
NMB ad

नेपाल बैंकको नयाँ शाखा सुर्खेतमा

Kumari bank ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर न.पा. वडा नं. ४, यरिचोकमा नयाँ शाखा स्थापना गरेको छ । जेष्ठ ०२ गते मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय राज कुमार शर्मा तथा नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्त रुपमा रिवन काटी तथा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गर्नुभएको हो ।

उक्त समाहरोह नेपाल बैंक लिमिटेड, सुर्खेत शाखाका शाखा प्रवन्धक बालराज बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय राज कुमार शर्मा प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय वेदराज सिंह ज्यू, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय श्री खड्क बहादुर पोखरेल विशिष्ठ अतिथिको रुपमा रहनुभएको थियो । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय भिमप्रकाश शर्मा, कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री माननीय मंगल शाही , कर्णाली प्रदेश सरकारका जलश्रोत तथा उर्जा विकास मन्त्री माननीय उर्मिला विश्वकर्मा, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले समेत उक्त कार्यक्रममा विशेष आतिथ्यता ग्रहण गर्नुभएको थियो ।

नेपाल राष्ट्र बैक सुर्खेतका कार्यालय प्रमुख, नेपाल विमा प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयका प्रमुख, मध्यपश्चिम पृतनालय वीरेन्द्रनगर सुर्खेतका पृतनापति, सशस्त्र प्रहरी वल महेश्वरी वाहीनी मुख्यालय सुर्खेतका सशस्त्र प्रहरी नायव महानिरीक्षक, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक, जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरिक्षक, उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष, नेपाल चम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष, पत्रकार महासंघ सूर्खेतका अध्यक्ष, विरेन्द्रनगर नगरपालिका वडा नं. ४ वडा अध्यक्ष, विरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष, विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रादेशिक कार्यालयका प्रमुखहरुले आतिथ्यता ग्रहण गर्नुभएको थियो । साथै विभिन्न सरकारी तथा गैर सरकारी सँघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, समाज सेवी, जनप्रतिनिधि, ब्यापारी, ग्राहक तथा सर्वसाधरण नागरिकहरुको समेत उक्त कार्यक्रममा उल्यख्य उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय  राज कुमार शर्माले शहरमा मात्र केन्द्रित नभई स्थानीय तहमा गएर शाखा खोल्न सुझाव दिनुभयो र यस शाखाले नाफा मुखी मात्र नभएर सहज ,शुलभ, विश्वनिय र गुणस्तरिय सेवा प्रवाह गर्न तथा आगामी दिनमा सुर्खेत शाखालाई देशकै उत्कृष्ट शाखाको रुपमा देख्न चाहेको धारणा व्यक्त गर्नुभयो । साथै विशिष्ठ अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय वेदराज सिंहले बैंकहरुलाई दुर्गम लक्षित सेवा बढाउन आग्रह गर्दै सुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अथिति, विशिष्ठ अतिथि, विशेष अतिथि र अतिथिहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।

वि.सं.२०८० जेठ २ मंगलवार १८:१५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...