back
NMB ad

मह प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा   

Kumari bank ad

लमजुङ, ३ जेठ । पहाडी जिल्ला लमजुङमा मह प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सुन्दरबजार नगरपालिका–५ गहतेमा निर्माण गर्न लागिएको उक्त केन्द्र अन्तिम चरणमा पुगेको हो ।

केन्द्रको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको मौरीजोन सञ्चालक समन्वय समितिले जनाएको छ । जिल्लाभरिका व्यवसायीले उत्पादन गरेका मह प्रशोधन गर्नका लागि उक्त केन्द्र स्थापना गर्न लागिएको हो । मह प्रशोधनका लागि एकतले आर्सिसी भवनमा ठूलाठूला दुईवटा कोठा निर्माण गरिएको सो समितिका संयोजक केशबहादुर गुरुङले बताउनुभयो । हाल फिनिसिङ र झ्यालढोका राख्ने काम भइरहेको छ । उहाँका अनुसार विसं २०७९ वैशाखमा सम्झौता भई उक्त केन्द्रको निर्माण सुरु गरिएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको आर्थिक वर्ष २०७८/७९ को रु १५ लाख बजेट र ०७९÷८० को रु १४ लाख बजेट गरी रु २८ लाखमा भवन निर्माण भइरहेको बताइएको छ ।संयोजक गुरुङका अनुसार मह प्रशोधनका लागि ग्रामीण सामुदायिक विकास केन्द्रले रु चार लाख बराबरको मह प्रशोधन उपकरणसमेत सहयोग गरेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको यस भवन यही जेठ १५ गतेभित्रमा सम्पन्न गर्ने गरी निर्माण तीव्र बनाइएको छ । परियोजनाका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार जिल्लामा बर्सेनि करिब ५० टन बढी मह उत्पादन हुँदै आएको छ ।

उहाँले भन्नुभयो, “जिल्ला तथा जिल्लाबाहिर महको माग उच्च रहेकाले जिल्लाका किसानहरु मौरीपालनतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा प्रतिकेजी रु एक हजार एक सयमा मह बिक्री हुँदै आएको छ । उत्पादित महलाई घरमा प्रशोधन गर्दा त्यति शुद्ध नहुनाका साथै धेरै समय लाग्ने भएकाले छिटोछरितो प्रशोधनका लागि केन्द्र स्थापना गर्ने तयारी भएको बताइएको छ । उक्त केन्द्रमा एक पटकमा एक सय लिटरसम्म मह प्रशोधन हुने बताइएको छ ।

वि.सं.२०८० जेठ ३ बुधवार १२:५८ मा प्रकाशित

You can share this post!

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...