back
NMB ad

सिटी होटेल लिमिटेडको आईपीओ बाँडफाँड : १ लाख ३५ हजार जनाले पाए सेयर

Kumari bank ad

काठमाडौं । सिटी होटेल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज शुक्रबार बिहान बाँडफाँड भएको हो ।

सिटी होटेलले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको थियो ।

कम्पनीको आईपीओमा ११ लाख ७ हजार २१६ आवेदकले कुल १ करोड २० लाख ७४ हजार ८ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीले सर्वसाधारणका लागि १३ लाख ५५ हजार ९ ४० कित्ता शेयर छुट्याएको थियो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ४ हजार ९९२ आवेदकको आवेदन रद्द भएको छ । १० लाख ८७ हजार ६७५ योग्य आवेदक कायम भएका थिए । यी मध्ये १ लाख ३५ हजार ५९४ आवेदकले सेयर पाएका छन् ।

कम्पनीले जारी पुँजीको ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था थियो । कम्पनीले यसअघि पहिलो चरणमा बैदेशीक रोजगारीमा गएका नेपाली कामदारको लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरी सकेको छ ।

वि.सं.२०८० जेठ ५ शुक्रवार ०९:३१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...