back
NMB ad

तपाइलाई पर्यो त ? सिटी होटेलको आइपीओ, यसरी हेर्नुहोस् नतिजा

Kumari bank ad

काठमाडौं । सिटी होटेल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज शुक्रबार बिहान बाँडफाँड भएको हो ।

सिटी होटेलले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको थियो ।

कम्पनीको आईपीओमा ११ लाख ७ हजार २१६ आवेदकले कुल १ करोड २० लाख ७४ हजार ८ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए ।   माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ४ हजार ९९२ आवेदकको आवेदन रद्द भएको छ । १० लाख ८७ हजार ६७५ योग्य आवेदक कायम भएका थिए । यी मध्ये १ लाख ३५ हजार ५९४ आवेदकले सेयर पाएका छन् ।

कम्पनीले जारी पुँजीको ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था थियो । कम्पनीले यसअघि पहिलो चरणमा बैदेशीक रोजगारीमा गएका नेपाली कामदारको लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरी सकेको छ ।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।

आईपीको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धको वेबसाइट :https://www.globalimecapital.com/

२. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

वि.सं.२०८० जेठ ५ शुक्रवार ०९:३६ मा प्रकाशित

You can share this post!

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४०

काठमाडौँ, २८ वैशाख : सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु...

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:३६

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको मुख्य कम्पनी...

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...