back
NMB ad

पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर पठनपाठन गराउन निर्देशन   

Kumari bank ad

काठमाडौँ, ५ जेठ । पाठ्यक्रम विकास केन्द्र सानोठिमीले पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर मात्र पठनपाठन गराउन निर्देशन दिएको छ । एक सूचना जारी गरेर केन्द्रले पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरुपता कायम गर्ने उद्देश्यले स्वीकृतिपछि मात्रै पठनपाठन गराउन निर्देशन दिएको हो ।

गएको वैशाख २० गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विद्यालय तहका अन्य पाठ्यसामग्रीसरह पूर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री पनि मूल्याङ्कन गरेर स्वीकृति गर्ने निर्णय गरेको थियो । सोही आधारमा पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिकसत्र २०८१ देखि पूर्वप्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री केन्द्रमा पेस गरी मूल्याङ्कन गरेर स्वीकृत पाएपछि मात्र छपाइ तथा बिक्री वितरण गर्न निर्देशन दिएको हो ।

यसअघि पूर्व प्राथमिक तहमा केन्द्रको मूल्याङ्कनबिना नै पाठ्यसामग्री प्रयोग हुँदै आएको जनाइएको छ । यसअघि प्रयोगमा आइसकेका पाठ्यसामग्रीसमेत मूल्याङ्कनका लागि पेस गर्न र स्वीकृति भएपछि मात्र प्रयोगमा ल्याउन केन्द्रले अनुरोध गरेको छ ।

पाठ्यसामग्री मूल्याङ्कनका लागि पेस गर्ने सम्बन्धी विषय र प्रक्रिया सम्बन्धमा पुनः सूचना प्रकाशित गरी जानकारी गराइने केन्द्रले जनाएको छ । सरकारले सबै तहको पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरुपता कायम ल्याउने भन्दै अन्य तहमा केन्द्रले बनाएको पाठ्यसामग्री प्रयोग हुँदै आएको छ ।

वि.सं.२०८० जेठ ५ शुक्रवार १६:०६ मा प्रकाशित

You can share this post!

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४९

रसुवा २९ वैशाख : चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४४

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...