back
NMB ad

भारतको राजधानी नयाँ दिल्लीमा आइएमई इण्डियाको नयाँ शाखा विस्तार

Kumari bank ad

काठमाडौं, ५ जेठ । आइएमई इण्डिया प्रालि ले भारतको राजधानी नयाँ दिल्ली स्थित कनॉट प्लेस–बार्हखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको छ । जेठ ४ गते आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदुत डा.शंकर प्रसाद शर्माले सो शाखा उदघाटन गर्नु भएको हो ।

आइएमई इण्डियाले नयाँ शाखा मार्फत बिदेशी मुद्रा सटही र आईडीएफसी बैंक सँगको सहकार्यमा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने छ । शाखा उद्घाटन गर्दै राजदुत डा.शंकर प्रसाद शर्माले नयाँ दिल्ली सहरको मुटु रहेको कनॉट प्लेसमा नयाँ कार्यालय शाखा खोलेकोमा आइएमई इण्डियालाई बधाई दिदै नयाँ शाखा मार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयहरुलाई रेमिट्यान्स सेवा तथा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने विश्वास लिएको बताउनु भयो ।

सो अवसरमा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताउनु भयो । यसबाट भारतमा रहेका नेपालीहरुलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्ने पनि प्रबन्ध निर्देशक ढकालले उल्लेख गर्नु भयो ।

शाखा विस्तार समारोहमा दिल्ली स्थित नेपाली दूतावासका उच्च अधिकारीहरु र आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल सहित आइएमई इण्डियाको सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापनका उच्च अधिकारी सहित सो क्षेत्रमा रहेका नेपालीहरुको समेत उपस्थिति थियो ।

वि.सं.२०८० जेठ ५ शुक्रवार १६:१५ मा प्रकाशित

You can share this post!

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०३

काठमाडौँ, १६ वैशाखः नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा...

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...