back
NMB ad

स-साना विवाद वार्ताबाटै टुङ्ग्याउन सकिन्छ : न्यायाधीश खतिवडा   

Kumari bank ad

रसुवा, ६ जेठ ।   सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गाउँघरमा हुने स-साना विवाद तथा झगडा वार्ताका माध्यमबाट सुल्झाउन सुझाव दिनुभएको छ ।

मेलमिलाप परिषद्द्वारा रसुवाको धुञ्चेमा आज आयोजित मेलमिलामसम्बन्धी अन्तक्र्रियालाई सम्बोधन गर्दै न्यायाधीश खतिवडाले कानुनद्वारा निर्धारित मापदण्डलाई शिरोपर गर्दै गाउँघरमा हुने स–साना विवादका मुद्दा गाउँ न्यायिक समितिले स्थानीयस्तरमै छिनोफानो गर्न सुझाव दिनुभएको हो ।

पहिलोपटक भएको जिल्लास्तरीय अन्तक्र्रियाले मेलमिलापका विषयमा रसुवाका बासिन्दामाझ जागरण ल्याउने विश्वास गरिएको छ । मेलमिलाप के हो ? मेलमिलापकर्ताको भूमिका, सामुदायिक मेलमिलापको अर्थ, विवादका प्रकार, मेलमिलापमा अपनाउनुपर्ने प्रक्रियाजस्ता विविध विषयमा यथेष्ट ज्ञान दिलाउने उद्देश्यले आयोजित अन्तक्र्रियामा कानुनका मर्म र भावना प्रष्ट पारिएको थियो ।

कार्यक्रममा क्रियाशील मेलमिलापकर्ता एवं मेलमिलापमा अभिरुचि राख्ने युवापङ्क्तिको समेत ठूलो सङ्ख्यामा सहभागिता थियो । आगामी दिनमा हुने मेलमिलापका काम छिटो–छरितो हुनेमा न्यायालय आशावादी रहेको रसुवा जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले बताउनुभयो ।

रसुवामा भइरहेको मेलमिलापका गतिविधि प्रस्तुत गर्दै जिल्ला अदालत रसुवाका न्यायाधीश रामचन्द्र पौडेलले मेलमिलापसम्बन्धी ऐन तथा नियमावलीको सिद्वान्तमा अगाडि बढ्न सहभागीलाई अनुरोध गर्नुभयो ।

वि.सं.२०८० जेठ ६ शनिवार २०:१७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

वि.सं.२०८१ जेठ १० बिहीवार १२:३८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा देबेन्द्ररमण...

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:२२

काठमाडौँ, १० जेठः प्रतिनिधिसभा सदस्य डा आरजु देउवा राणाले दिगो...

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार   

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:१७

गलकोट (बागलुङ), १० जेठः वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै...

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने   

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:०९

तेहरान, १० जेठ : हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका...

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री   

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:०५

लुम्बिनी, १० जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको...

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ १० बिहीवार ११:५६

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको...