back
NMB ad

मिटरब्याजका ४२ मुद्दा दर्ता, ठगी हुनेमा अधिकांश महिला   

Kumari bank ad

वीरेन्द्रनगर, ७ जेठ ।   सुर्खेतमा मिटरब्याज ठगी सम्बन्धीका ४२ मुद्दा दर्ता भएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजका पीडितहरूलाई प्रशासन कार्यालयमार्फत निवेदन दिन आह्वान गरेको थियो ।

आयोगले अहिले देशैभरबाट मिटरब्याज लेनदेनका पीडितहरूलाई निवेदन दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि निवेदन सङ्कलनका लागि सूचना निकालेको थियो । सुर्खेतमा वैशाख १७ देखि ३१ गतेसम्म पीडितहरूको निवेदन सङ्कलन गर्न सूचना निकालेको थियो । त्यसपश्चात् सात दिनको सूचना थप गरिएको हो । अब आगामी आइतबारसम्म पीडितको निवेदन सङ्कलन गरिने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

मिटरब्याजसम्बन्धी ठगीमा पर्ने अधिकांश महिला रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका मिटरब्याज सहायताकक्षमा कार्यरत गोमा सुवेदीले बताउनुभयो । “अहिलेसम्म अधिकांश महिलाहरू नै ठगिएको देखिएको छ”, सुवेदीले भन्नुभयो, “पुरुषहरू फाटफुटमात्र निवेदन ल्याएर आउनुभएको छ ।”

यसरी ठगिनेहरू धेरैजसो ऋण लिने र जग्गा पास गर्दा ठगीमा परेको पीडितहरूले उल्लेख गरेको सुवेदीले बताउनुभयो । “निवेदन दर्ता गराउन आउनुभएका धेरैजसो जग्गा दृष्टिबन्धक राखेको र ठगीमा परेको जनाउनुभएको छ”, उहाँले भन्नुभयो, “कतिपय भने पाँच लाख रकम ऋण लिएर १५ लाखसम्म बुझाउनु परेको अवस्था रहेको समस्या राख्नुभएको छ ।”

कार्यालयले मिटरब्याज पीडितहरूलाई सहायताका लागि छुट्टै सहायताकक्षको समेत व्यवस्था गरेको प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । “सहजीकरणका लागि हामीले कक्ष नै व्यवस्था गरेका छौँ, त्यहाँ पीडितहरूलाई फाराम भर्नेलगायतका काममा सहयोगसमेत गरिन्छ”, प्रशासकीय अधिकृत न्यौपानले भन्नुभयो, “सहायताकक्षमा छुट्टै कर्मचारी राखेर पीडितका निवेदन लिने काम गरेका छौँ ।” कार्यालयमा भौतिकरूपमा उपस्थित भएर निवेदन दिन नभ्याउनेहरूका लागि अनलाइनमार्फत पनि निवेदन दिन सकिने व्यवस्थासमेत छ ।

आयोगले मिटरब्याज भन्नाले ब्याजलाई साँवामा गाभेर पुनः साँवा भएका लेनदेनका साथै कानून विपरीत चर्को ब्याजमा भएका कारोबारलाई समेत अनुचित लेनदेन भनेको छ । ऋणीले धरौटीमा रकम नलेखेर दिएको बैंकको खाली चेक, बढी रकम उल्लेख गरेको वा परिवर्तन गरेको तमसुक, जग्गा दृष्टिबन्धकमा राखिएको, लेनदेनको मुद्दा परेकोलगायतका विषय समेतको अवस्थामा विवरण पेस गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा भौतिकरूपमै उपस्थित भएर होस् या आयोगसमक्ष सिधै अनलाइनमार्फत निवेदन गर्दा पीडितले आफ्नो र विपक्षी व्यक्तिको व्यक्तिगत विवरण समावेश गर्नुपर्ने हुन्छ । उक्त निवेदनमा समावेश हुने घटना विवरणमा कारोबार गर्नाको कारण, मिति, स्थान र रकमसमेत स्पष्ट खुलाउनुपर्छ । यसपछि विपक्षीबाट रकम कुन माध्यमबाट लिइएको हो, सो विषय निवेदनमा समावेश हुन्छ । रकम लिँदा तमसुक गरे/नगरेको, गरेको भए कारोबार रकम र तमसुकमा भएको रकमसमेत निवेदकले समावेश गर्नुपर्छ ।

जग्गा रजिष्ट्रेसन पारित गरी हक छाडेको भए सोको विवरण, जग्गा भोगचलनको अवस्था, जग्गा दृष्टिबन्धक भएमा सर्त तथा जग्गाको भोग कोकसले गरिरहेको छ भन्ने विषयसमेत निवेदकको उजुरीमा समावेश गरिनुपर्छ । सम्झौता लिखतमा भएको ब्याजदर र बुझाउने ब्याजदर, साँवाब्याज बुझाउने अन्तिम भाका, लेनदेन कारोबारको मुद्दा दायर भएको भए मुद्दाको अवस्था लगायतका विषय निवेदन खुलाउनुपर्छ ।

वि.सं.२०८० जेठ ७ आइतवार २०:१२ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...