back
NMB ad

नेपाल लाइफले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा छुट दिने

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित भएका बीमालेखहरुको नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने भएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी व्यतीत भएका बीमालेखहरु आज जेठ १० गतेदेखि असार २२ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गरिने जनाएको छ।

कम्पनीले १८० दिनभन्दा माथि २ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत, २ वर्षदेखि ५ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा १० प्रतिशत छुट दिइने जनाएको छ।

यसरी व्यतित बीमालेख पुर्नजागरण गर्दा बीमालेखमा लाग्ने विलम्ब शुल्कमा अधिकतममा ३० हजार रुपैयाँभन्दा बढी छुट नहुने पनि कम्पनीले जनाएको छ।

छुट सुविधाका लागि कम्पनीले केही सर्तहरु पनि अगाडि सारेको छ। यस योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरणको मितिदेखि १ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ।

त्यसैगरी एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पूरा बीमा अवधिभरि पुनः ब्याज छुट नदिइने कम्पनीले जनाएको छ।

वि.सं.२०८० जेठ १० बुधवार ११:४८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...