
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण सेयरको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आज जेठ ११ गतेदेखि आवेदन दिन सकिनेछ ।
कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ जारी गर्ने भएको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गर्नेछ।
साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्थगा र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो सेयर निष्काशन गर्न लागेको हो ।
यो एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ सय कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
यो एफपीओको निष्कासन बन्द छिटोमा जेठ १६ गते र ढिलोमा जेठ २५ गते बैंकिङ समयपछि हुनेछ। युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
वि.सं.२०८० जेठ ११ बिहीवार ०७:२७ मा प्रकाशित