back
NMB ad

पाँच वर्षमा एक सय ५१ किलोमिटर सडक कालोपत्र   

Kumari bank ad

झापा, ११ जेठ ।  भौतिक पूर्वाधार विकास कार्यालय झापाले पाँच वर्षको अवधिमा एक सय ५१ दशमलव १ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ देखि २०७९/८० सम्ममा एक सय ५१ दशमलव १ किमी सडक कालोपत्र गरेको जनाएको हो । कालोपत्र भएकोमध्ये २८ किलोमिटर सडक इलाममा पर्दछ ।

जिल्लाका विभिन्न स्थानमा छ देखि ३० किमीसम्म सडक कालोपत्र भएका कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठले बताउनुभयो । उहाँले प्रदेश सरकारले बनाएका योजनाअन्तर्गत बजेट निकासी हुन नसक्दा थप सडक कालोपत्र हुन नसकेको बताउनुभयो । “जिल्लामा थुप्रै योजना अधुरा छन्”, उहाँले भन्नुभयो, “बजेट अभावले भने जस्तो काम हुन सकेको छैन ।” प्रमुख श्रेष्ठका अनुसार दर्जनौँ सडक बहुवर्षीय योजनाअन्तर्गत कालोपत्र भइरहेका छन् ।

उहाँले आधादर्जन बढी सडकको निर्माण सम्पन्न भए पनि ठेकेदारलाई बजेट भुक्तानी गर्न नसकिएको जानकारी दिनुभयो । हालै कालोपत्र भएका धुलाबारी–ज्यामिरगढी–भन्द्रपुर, सतासीधाम झिलझिले, दुगापुर दानाबारीदेखि इलाम जाने सडक, दमक–५ बुद्धचोकदेखि ढकुरपानी शान्तिचोक हुँदै महेशचोक मोरङ सडक, सुखानी दानाबारी चिसापानी राजदुवाली सडक, अमरपथ कनकाई–तीन सुरुङ्गादेखि बोर्डरसम्मको सडकको भुक्तानी गर्न नसकिएको प्रमुख श्रेष्ठले बताउनुभयो । बजेट अभावका कारण ठेकेदारलाई भुक्तानी गर्न नसकिएको उहाँको भनाइ थियो । प्रमुख श्रेष्ठले भन्नुभयो, “हामीसँग योजना छ, दक्षजनशक्ति छ तर पर्याप्त बजेट छैन ।”

गाउँका अधिकांश धुलाम्मे सडक कालोपत्र भएपछि स्थानीयवासी खुसी छन् । सडक कालोपत्र भएपछि वर्षौँदेखिको धुलो र हिलोबाट मुक्ति मिलेको स्थानीय रोशन न्यौपानेले बताउनुभयो । सडक कालोपत्रसँगै ग्रामीण क्षेत्रका विद्यार्थी, कर्मचारी र किसानलाई समेत आवातवापतमा सजिलो भएको छ ।

सोही अवधिमा इलाम र झापामा १० मोटोरेवल पुल, १३ झोलुङ्गे पुल निर्माण गरिएको भौतिक पूर्वाधार विकास कार्यालय झापाका इञ्जीनीयर अमृतकुमार दाहालले बताउनुभयो । उहाँले दुवै जिल्लाका विभिन्न खोलामा ३२ मिटरदेखि एक सय २० मिटरसम्म लम्बाइ भएका झोलुङ्गे पुल बनाएको बताउनुभयो ।

इलामका रतुवामाई, शिवा, झुत्रेमा छ र झापाका देउनिया, हडिया, अदुवालगायत पाँच खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको दाहालले बताउनुभयो । उहाँका अनुसार जिल्लामा आठ मोटरेवल पुल निर्माण भएका छन् भने इलाममा दुई वटा मात्र निर्माण भएका छन् ।

वि.सं.२०८० जेठ ११ बिहीवार १५:४५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...