back
NMB ad

इन्धन अभाव भन्दै दमकल थन्क्याइए   

Kumari bank ad

भक्तपुर, १६ जेठ ।  यही जेठ १ गते सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ‘न्यू दाजुभाइ फर्निचर ट्रेडर्स’सँगैको साढे तीनतले घर र कृपालु फर्निचर कारखानामा आगलागी भयो ।

आगलागीबाटरु दुई करोड २९ लाख बराबरको क्षति भयो । तर जुद्ध वारुणयन्त्र भक्तपुरमा रहेका चार दमकलमध्ये आगो नियन्त्रणका लागि तीनवटा मात्रै प्रयोग गरिए । आगलागीस्थलबाट नजिकैको वारुणयन्त्रमा रहेको दमकल प्रयोग नगरिएपछि काठमाडौँ र ललितपुरबाट दमकल ल्याएर आगो नियन्त्रण गरियो ।

यसअघि भक्तपुरको सल्लाघारीस्थित आइसक्रिम कारखानामा लागेको आगो निभाउन भने चारवटै दमकल प्रयोग गरिएकाख थिए । यसपटक भने इन्धन अभावको कारण देखाउँदै थप दमकल प्रयोग गरिएन । आपत्कालीन अवस्थामा चारवटै दमकल यसअघि प्रयोग हुँदै आएकामा कार्यालय प्रमुख लोकबहादुर कार्कीले पुरानो एउटा दमकलको कागजपत्र नभएको र अर्को दमकल मर्मत एवम् इन्धन खर्च नभएको भन्दै थन्क्याएपछि आगलागी नियन्त्रणमा समस्या आएको कर्मचारीको गुनासो छ ।

सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले मर्मत खर्च, इन्धन खर्च र अन्य खर्चसमेत ब्यहोर्ने गरी हस्तान्तरण गरेका दुई दमकल मात्रै सञ्चालनमा छन् । कार्यालय प्रमुखले सबै दमकल आपत्कालीन अवस्थामा जान सक्ने गरी तयारी अवस्थामा राख्नुपर्नेमा पुराना दुई दमकल खर्च अभाव देखाउँदै थन्क्याउँदा आगो निभाउन समस्या भएको कर्मचारी बताउँछन् ।

यसअघि सरकारबाट प्राप्त मर्मत र इन्धन खर्च तथा अन्य खर्चबाटै सेवा प्रवाह गर्दै आएको दमकल अहिले इन्धन अभाव एवम् मर्मतका लागि बजेट अभाव भन्दै थन्क्याउन नहुने कर्मचारीको भनाइ छ । आगलागी र अन्य विपद्मा प्रयोग हुँदै आएको रेस्क्यू भ्यानसमेत कार्यालय प्रमुखले प्रयोग नगर्दा जोखिम बढेको कर्मचारीको गुनासो छ ।

कार्यालय प्रमुख कार्की भने चुनदेवीको आगलागीमा आवश्यक नठानेर दमकल प्रयोग नगरिएको बताउनुहुन्छ । मन्त्रालयले इन्धन र मर्मतका लागि आवश्यक बजेट नपठाउँदा इन्धन अभाव भएको उहाँको भनाइ छ ।

वि.सं.२०८० जेठ १६ मंगलवार १७:२६ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...