back
NMB ad

रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ भएको सरकारी अधिकारीको भनाइ   

Kumari bank ad

नयाँ दिल्ली, २१ जेठ ।  भारतमा शनिबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संशोधित सङ्ख्या २७५ रहेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।

भारतको पूर्वी राज्य उडिसाका एक उच्च सरकारी अधिकारीले शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ पुगेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मृत्यु हुनेको सङ्ख्या २८८ भनी यस पहिले अपुष्ट रूपमा सञ्चारमाध्यमबाट आएको तर आइतबार संशोधित सङ्ख्या २७५ जना भएको पुष्टि भएको छ ।”

जिल्ला प्रशासकद्वारा रेल दुर्घटनामा ज्यान गुमाएका केही व्यक्तिको दुई पटक गणना गरिएको पाइएको छ । अन्तिम गणनाबाट मृत्यु हुनेहरूको सङ्ख्या संशोधन गरी २७५ भएको पुष्टि गरिएको छ ।

ओडिसाका मुख्य सचिव प्रदीप जेनाले २७५ मध्ये ८८ जनाको मात्र पहिचान भएको बताउनुभयो ।

अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७५ घाइतेमध्ये करिब ८०० जना उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भारतका सङ्घीय रेलमन्त्री अश्विनी वैष्णवले रेल दुर्घटनाको कारण ‘पोइन्ट मेशिन’ र विद्युतीय ‘इन्टरलकिङ’ प्रणालीमा गरिएको परिवर्तन भएको बताउनुभएको छ ।

वैष्णवले भन्नुभयो, “दुर्घटनाको लागि जिम्मेवार व्यक्तिहरूको पहिचान गरिएको छ र रेलवे लाइनलाई पुन : स्थापित गर्ने प्रयासहरू अहिले जारी छन् ।

दुर्घटनास्थलमा आइतबार साँझसम्ममा कम्तीमा दुई वटा रेललाइन सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

वि.सं.२०८० जेठ २१ आइतवार २०:१६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...