back
NMB ad

वृहत्तर लुम्बिनीको प्रवर्द्धन गर्न स्थानीय तहसँग छलफल   

Kumari bank ad

रुपन्देही, २२ जेठ । अगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रमलाई प्रभावकारी बनाउन लुम्बिनी विकास कोषले वृहत लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल गरेको छ । वृहत लुम्बिनी क्षेत्रमा बुद्धस्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सहकार्य गर्ने गरी छलफल कार्यक्रम गरिएको हो ।

बुद्धजन्मस्थल लुम्बिनीको विकाससँगै बुद्धको गृहनगर तिलौराकोट, अस्तुधातु रहेको रामग्राम र मावली देवदहका पुरातात्विक क्षेत्रको संरक्षण, उत्खनन र प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्व सन्ध्यामा पुरातात्विक क्षेत्रको उत्खनन, संरक्षण र प्रवद्र्धनमा उपलब्धिमूलुक काम गर्नका लागि छलफल फलदायी हुने उनको विश्वास छ ।

उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्थानीय सरकारसँग सहकार्यमा वृहत्तर लुम्बिनी क्षेत्रमा उत्खनन र प्रवद्र्धनमा काम गरिने बताउनुभयो । छलफलमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँनले लुम्बिनीको बाहिरी क्षेत्रमा पनि पर्यटक लोभ्याउने गरी विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्रामको संरक्षण हुन नसकेको भन्दै आफूहरु त्यहाँको विकासका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक मोहम्द खाँले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा तीन दिन बस्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र शर्माले सैनामैना पनि बुद्धसँग सम्बन्धित क्षेत्र भएको दाबी गर्दै त्यहाँका पुरातात्विक क्षेत्रहरुमा उत्खननका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले वृहत्तर लुम्बिनी क्षेत्रमा विकास हुन नसकेको भन्दै गुनासो आइरहेकाले त्यसलाई आगामी दिनमा सम्बोधन गर्न कार्यक्रम गरिएको बताउँदै स्थानीय तहले पनि आफ्ना सम्पदा क्षेत्रको संरक्षण र प्रवद्र्धनमा बजेट छुट्याएर जानुनपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले लुम्बिनी गुरुयोजना, वृहत्तर लुम्बिनी क्षेत्र र आगामी योजना प्रस्तुत गर्दै रुपन्देही, कपिलबस्तु र नवलपरासीका बौद्धस्थलको विकासका लागि कोषका तर्फबाट काम भइरहेको जानकारी गराउनुभयो ।

वि.सं.२०८० जेठ २२ सोमवार १३:३८ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...