काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबार थप एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार ४३४ रुपैंया ५७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य १ हजार ६३९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० जेठ २२ सोमवार १६:०५ मा प्रकाशित