back
NMB ad

रिडी पावर कम्पनीले बोलायो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

Kumari bank ad

काठमाडौ। रिडी पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले विशेष साधारणसभा असार ८ गते गर्ने निर्णय गरेको छ।

विशेष साधारणसभाले कम्पनीले चुक्तापुँजीको १ः०.५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले यही जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ जेठ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कमपनीको विशेष साधारणसभा भाग लिन पाउनेछन्।

विद्युत नियमन आयोगले रिडी पावरलाई हकप्रद जारी गर्ने एजेण्डा साधारणसभाबाट पेस गरी अनुमोदन गर्न गत वैशाखको पहिलो साता सहमति प्रदान गरेको थियो।

कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को ४० प्रतिशत बोनस सेयर वितरण भएपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। जसअनुसार कम्पनीले बोनस सेयर वितरणपश्चात कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ताको ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रसद आफ्ना सेयरधनीहरुका लागि जारी गर्ने निर्णय गरेको छ।

वि.सं.२०८० जेठ २२ सोमवार १७:५५ मा प्रकाशित

You can share this post!

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...