काठमाडौं, २२ जेठ । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाईसेन्स दिएको छ ।
बोर्डको आज जेठ २२ गते सोमबारको बैठकले पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका ११ कम्पनीलाई ब्रोकर लाईसेन्स दिने निर्णय गरेको हो ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका थप ११ वटा निवेदक संस्थाहरुलाई धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको बोर्डले जानकारी छ ।
वि.सं.२०८० जेठ २२ सोमवार २०:३७ मा प्रकाशित