back
NMB ad

सहकारीको नियमनका लागि बजेट विनियोजन गर्न  प्रदेश सरकारलाई सहकारी महासंघको आग्रह

Kumari bank ad
बागलुङ, २२ जेठ । राष्ट्रिय सहकारी महासंघ, नेपालले आगामी आर्थिक वर्षको बजेटको ५ प्रतिशत रकम सहकारीको नियमन र प्रवद्र्धनका लागि विनियोजन गर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ ।
 गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेटका लागि १७ बुदे सुझाव पेश गर्दै महासंघले प्रदेशको कुल बजेटको ५ प्रतिशत रकम सहकारीको नियमन र प्रवद्र्धनका लागि विनियोजन गर्न माग गरेको हो ।
 महासंघका सञ्चालक हुमा कुमारी जिसीले गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई १७ बुदे सुझाव बुझाउनु भएको हो । मन्त्री जिसीलाई दिइएको सुझावको बोधार्थ मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाई र सहकारी रजिष्ट्रारको कार्यालयमा बुझाइएको छ ।
 रजिष्ट्रार कार्र्यालयका अधिकृत चोलाकान्त वाग्लेलाई महासंघको सुझावपत्र बुझाइएको थियो । महासंघका सञ्चालक जिसीको नेतृत्वमा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला, उपाध्यक्ष अम्बिका गौतम, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका लेखा संयोजक नवराज बराल लगायतको टोलीले मन्त्री जिसी, सचिव हुमागाई र अधिकृत वाग्लेलाई सुझाव पत्र बुझाएको थियो ।
महासंघले कारोबारका आधारमा सहकारी संस्थाहरुको वर्गीकरण गरी जोखिम विश्लेषण र एकीकरणलाई प्रोत्साहन गर्नु पर्ने, शहरी क्षेत्रमा संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र स्थापनालाई निरुत्साहित गर्नु पर्ने, सहकारी क्षेत्रको अध्ययन अनुसन्धानलाई व्यापकता दिनु पर्ने, तथ्यांक अद्यावधिकका लागि कोपोमिसको प्रभावकारी कार्यान्वयन गरी प्रदेश सहकारीको वास्तविक अवस्था सार्वजनिक गर्न माग गरेको छ ।
  सहकारी क्षेत्रमा स्वनियमन र सुशासन कायम गर्न आवश्यक अध्ययन, क्षमता अभिवृद्धि तथा अनुगमन एवं सुपरीवेक्षणका लागि राष्ट्रिय सहकारी महासंघलाई प्रदेश सरकारबाट बजेट छुट्याउने लगायत १७ बुदे सुझाव महासंघले प्रदेश सरकारलाई बुझाएको छ ।

वि.सं.२०८० जेठ २२ सोमवार २१:३१ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...