back
NMB ad

आइएमई लाइफको आईपिओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

Kumari bank ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गर्न लागेको आईपिओ यही असार १ गतेबाट बिक्री खुल्ला हुने भएको छ । उक्त आईपीओमा यही असार १ गतेदेखि बैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन दिन पाउनेछन् भने अन्य सर्वसाधारणले असार २० गतेदेखि आवेदन दिन पाउनेछन् ।

कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।

असार १ गतेदेखि असार १५ गतेसम्म बैदेशिक रोजगारीमा गएकाहरुले आवेदन भर्न पाउने छन् । त्यस्तै, असार २० गतेदेखि सर्वसाधारणको लागि आइएमई लाइफको आईपिओ बिक्री खुल्ला हुनेछ ।

उक्त प्रिमियम मूल्यका आईपिओमा न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।

वि.सं.२०८० जेठ २६ शुक्रवार १०:१९ मा प्रकाशित

You can share this post!

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ २ बुधवार १७:४६

काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन...

सन्दीप लामिछानेले पाए सफाई, फेरि क्रिकेटमा फर्किन योग्य

सन्दीप लामिछानेले पाए सफाई, फेरि क्रिकेटमा फर्किन योग्य

वि.सं.२०८१ जेठ २ बुधवार १७:१७

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा...

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

वि.सं.२०८१ जेठ २ बुधवार १७:०१

काठमाडौँ, २ जेठ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका...

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली   

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ २ बुधवार १६:५५

काठमाडौँ, २ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

वि.सं.२०८१ जेठ २ बुधवार १६:५०

काठमाडौँ, २ जेठ : आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर...