काठमाडौं, २६ जेठ । मुक्तिनाथ विकास बैंकले मृत्यु तथा स्थायी अशत्तता भएमा १० लाख रुपैंया सम्मको सुविधा प्रदान गर्ने गरी संचालन गर्दै आइरहेको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्न बन्द गरिएको जानकारी गराएको छ ।
बैंकले एक सूचना जारी गर्दै उक्त खाता शीर्षकहरु अन्र्तगत प्रदान गर्दै आइरहेको बीमा सुविधा हाल कायम रहेको बीमा अवधि समाप्ति पश्चात बीमा सुविधा स्वतः खारेज हुने जनाएको छ ।
साथै, यो सूचना जारी हुनुभन्दा पूर्व बीमा अवधि समाप्त भएमा समेत स्वतः बीमा सुविधा खारेज भएको मानिनेछ । अन्य शर्त तथा सुविधा यथावत नै रहने बैंकले जानकारी दिएको छ ।
वि.सं.२०८० जेठ २६ शुक्रवार ११:३४ मा प्रकाशित