काठमाडौं, २८ जेठ । गरिमा विकास बैंकले आज जेठ २८ गते आइतबारबाट संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक समूहको ३ लाख ८२ हजार ८९२.७७ कित्ता सेयर बिक्रीमा ल्यएको हो । यसमा आललाई विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।
तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।
वि.सं.२०८० जेठ २८ आइतवार १०:५७ मा प्रकाशित