back
NMB ad

वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा   

Kumari bank ad

मनहरी, २९ जेठ। मकवानपुरको मनहरि गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ । वडा नं ३ कार्यालयले सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा सर्वसाधारण ठगिने तथा झन्झट व्यहोर्नुपरेको भन्दै वडा कार्यालयले वडाबाटै फारम भर्ने निर्णय गरेको हो ।

वडा कार्यालयले आइतबार सूचना जारी गर्दै वडावासीका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेको जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयबाटै पनि यो सेवा निःशुल्क रहेको छ । त्यहाँ लाइन बस्नुपर्ने र सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको भन्ने गुनासो आएपछि वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भर्ने सेवा थप गर्ने निर्णय गरेको वडाध्यक्ष अनन्तप्रकाश अर्यालले बताउनुभयो । वडामा नयाँ राहदानी लिने, नवीकरण गर्ने र राष्ट्रिय परिचयपत्रको सिफारिस लिन आउनेको सङ्ख्या बढी रहेकाले हामीले उक्त सेवा प्रदान गरिएको अर्यालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना निकालेर प्रशासन कार्यालयबाटै सो सेवा निःशुल्क दिने जानकारी गराएको भए पनि अधिकांश सेवाग्राहीले साइबर तथा फोटो स्टुडियोमा महँगो शुल्क तिरेर सेवा लिइरहेका छन् । जिल्ला प्रशासन कार्यालयमा सर्वसाधारणको सहजताका लागि भन्दै दुईजना छुट्टै कर्मचारी खटाएर निःशुल्क फारम भर्ने तथा निवेदन लेख्ने सेवा दिइएको जनाइएको छ ।

वि.सं.२०८० जेठ २९ सोमवार १२:०३ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...