back
NMB ad

बालाजी सिमेन्टद्वारा भारतमा निर्यात सुरु   

Kumari bank ad

भैरहवा, २९ जेठ । कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिजले आजदेखि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । कम्पनीले उत्पादन गरेको ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डका पिपिसि सिमेन्ट भारत निर्यात सुरु गरेको हो ।

भारत सरकारको गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)प्रदान गरेसँगै भारतमा सिमेन्ट निर्यात सम्भव भएको उद्योगका संस्थापक ऋषिकेश अग्रवालले बताउनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई आज ४२ टन सिमेन्ट निर्यात गरिएको हो । कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात हुन लागेको हो ।

कपिलवस्तुबाट भारतमा सिमेन्ट निर्यात पहिलो पटक भएको हो । विस्तारै निर्यातको परिमाण बढाउँदै लैजाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको अग्रवालले बताउनुभयो ।

भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । नेपाल सरकारले सिमेन्ट, छडलगायत ३० भन्दा बढी वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरिसकेको छ ।

सरकारले रु ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई आठ प्रतिशत अनुदान दिने नीतिले पनि सिमेन्ट उद्योगीलाई सहज भएको उद्योगका संस्थापक सन्दीप काडियाले बताउनुभयो । “वर्तमान असहज एवं आर्थिक मन्दिको अवस्थामा भारतमा सिमेन्ट निर्यातले सकारात्मक सन्देश दिएको छ, हाम्रो कम्पनीको स्थापना नै निर्यातको सोच सहित भएको थियो”, उहाँले भन्नुभयो ।

उहाँले सरकारले अझ बढी उद्योग र निर्यातमैत्री नीति ल्याउन सुझाव दिनुभयो । सिमेन्ट निर्यातले भारतसँगको व्यापार घाटा कम गर्न सहयोग गर्ने उहाँको भनाइ छ ।

बालाजी सिमेन्ट उद्योगसँग दैनिक एक हजार छ सय टन सिमेन्ट उत्पादनको क्षमता रहेको कम्पनीका प्रवन्ध निर्देशक रौनक अग्रवालको भनाइ छ । उद्योगबाट हाल बाहुबली र श्रृष्टी ब्रान्डमा ४३ ग्रेडको ओपिसी र पिपिसी सिमेन्ट उत्पादन हुँदै आएको छ । सन् २०७७ सालमा स्थापना भएको उद्योगमा जर्मनको लोच्से कम्पनीको भिआरएम प्रबिधि जडान छ ।

वि.सं.२०८० जेठ २९ सोमवार १२:५६ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...