back
NMB ad

डिम्याट खाता खोल्नेको संख्या ५७ लाख नाघ्यो, मेरो सेयर प्रयोगकर्ता कति ?

Kumari bank ad

काठमाडौं, ३१ जेठ । पछिल्लो समय सेयर बजारप्रति लगानीकर्ताको आकर्षक बढ्दै गएको हो। आईपीओबाट राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो । सेयर बजारप्रति आकर्षक बढेसँगै यस क्षेत्रमा प्रवेश गर्ने लगानीकर्ताको संख्यामा पनि दिनप्रतिदिन बढ्दै गहिरहेको छ।

डिम्याट खाता नखोलिकन कुनै पनि कम्पनीले जारी गर्ने साधारण सेयर आईपीओ र दोस्रो बजारमा आवेदन दिन सकिने छैन् । त्यसैले पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या बढ्दै गएको छ ।

सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५७ लाख १ हजार ८४२ पुगेको छ। यस अवधिमा मेरो सेयर खाता खोल्नेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो सेयर प्रयोगकर्ताको संख्या ४७ लाख ७६ हजार ८४२ पुगेको छ।

पछिल्लो ४ महिनाको अवधिमा करिब पौने २ लाख डिम्याट खाता थपिएका हुन् । गत माघ १५ गतेसम्म डिम्याट खाताको संख्या ५५ लाख २४ हजार ५७ रहेको थियो ।

डिम्याट खाता खोल्नेको संख्या बढेपनि यो अवधिमा १५ देखि १७ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेको सीडीएससीले जनाएको छ। कतिपय सेयर लगानीकर्ताले साधारण सेयर (आईपीओ) भर्नको लागि मात्रै डिम्याट खाता खोलेका हुन्छन् ।

तर पछिल्लो समय आईपीओ नपर्ने गरेपछि ति लगानीकर्ताले भर्न छाड्दा पनि कतिपय खाता हाल निष्क्रिय अवस्थामा रहेको देखिन्छ।

वि.सं.२०८० जेठ ३१ बुधवार ११:१३ मा प्रकाशित

You can share this post!

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:१४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक...

कुमारी बैंकले ल्यायो क्यूआर मर्चेन्टस्हरुलाई कुमारी फोनलोन सुबिधा

कुमारी बैंकले ल्यायो क्यूआर मर्चेन्टस्हरुलाई कुमारी फोनलोन सुबिधा

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०६

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना...

कांग्रेसको अवरोध असंसदीय : प्रधानमन्त्री दाहाल   

कांग्रेसको अवरोध असंसदीय : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ जेठ ७ सोमवार १२:५६

काठमाडौँ, ७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानअनुसार प्रधानमन्त्रीले...

युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी

युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी

वि.सं.२०८१ जेठ ७ सोमवार १२:४५

काठमाडौँ । युरोप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवको अर्को...

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस   

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस   

वि.सं.२०८१ जेठ ७ सोमवार १२:३८

काठमाडौँ, ७ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल...

इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो, विमानमा सवार कोही पनि जीवित नरहेको सम्भावना     

इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो, विमानमा सवार कोही पनि जीवित नरहेको सम्भावना     

वि.सं.२०८१ जेठ ७ सोमवार १२:३३

तेहरान, ७ जेठ : इरानी उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त इरानी राष्ट्रपति इब्राहिम...