काठमाडौं, ३१ जेठ । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।
बैंकले इन्भाइरोमेन्ट एण्ड सोसियल रिस्क म्यानेजमेन्ट विभागमा अफिसर, इन्फर्मेशन सेक्यूरिटी अफिसर र रिसर्च एण्ड डेभलपमेन्ट अफिसर पदमा कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेदवारले बैंकको वेवसाइट https://career.sanimabank.com/मार्फत आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।
वि.सं.२०८० जेठ ३१ बुधवार ११:२९ मा प्रकाशित