back
NMB ad

दोभान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

Kumari bank ad

काठमाडौं, ३१ जेठ । दोभान हाइड्रोपावर लिमिटेडले २२ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले आफ्नो जारी पुँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ ल्याउन लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २२ लाख ८० हजार कित्ता आईपीओ बिक्री गर्नेछ।

यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिक, सर्वसाधारण तथा संस्थामा कार्यरत कामदार र कर्मचारीलाई जारी गरिने कम्पनीले जनाएको छ।

कम्पनीले सोलुखुम्बु जिल्लाको जुनवेशी खोलाको पानिको बहाव सदुपयोग हुने गरी ५.२ मे.वा. क्षमताको जुनवेशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। सोही आयोजनामा आईपीओबाट प्राप्त रकम लगानी गरिने कम्पनीले जनाएको छ।

यसैबीच कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धकका रुपमा नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र दोभान हाइड्रोपावरका तर्फबाट प्रवन्ध सञ्चालक पुरन्जन राईले हस्ताक्षर गरेका छन्।

वि.सं.२०८० जेठ ३१ बुधवार १३:०९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...