back
NMB ad

इप्पान अध्यक्षसहित पदाधिकारीका सबै उम्मेदवार निर्विरोध निर्वाचित, हेर्नुहोस् को-को भए विजयी ?

Kumari bank ad

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका किरण मल्लको उम्मेदवारी निर्वाचन समितिले योग्यता नपुगेको भन्दै रद्द गरिदिएपछि कार्की निर्विरोध अध्यक्ष चयन भएका हुन् ।

निर्वाचन अधिकृत चिरञ्जिवी खतिवडाले उनीहरु निर्विरोध निर्वाचित भएको बताए । उनका अनुसार योग्यता नपुगेको भन्दै समितिले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सुर्य अधिकारीको उम्मेदवारी रद्द गरिदिएपछि डाँगी निर्विरोध अध्यक्ष चयन भएका हुन् ।

त्यस्तै ५ जना उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । ५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेपनि दुई जनाको योग्यता नपुगेको भन्दै निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । ५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतबहादुर खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भएका छन् ।

उपाध्यक्षका उम्मेदवार वीरेन्द्र मल्ल र दिपेन्द्र बमको भने योग्यता नपुगेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै १ महासचिवका लागि दुई जनाको उम्मेदवारी परेकोमा एक जनाको योग्यता नपुगेपछि बलराम खतिवडा निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा विनोद देवकोटाको पनि उम्मेदवारी परेको थियो । उपमहासचिवमा भने प्रकाशचन्द्र दुलालको एकल उम्मेदवारी परेपछि यस अघि नै निर्वाचित भइसकेका छन् ।

त्यस्तै ५ जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेकोमा १ जनाको योग्यता नपुगेपछि यसमा पनि निर्विरोध निर्वाचित भएका छन् । सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक निर्वाचित भएका छन् । सचिवमा उम्मेदवारी दिएका नारायण कँडेलको भने योग्यता नपुगेको निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी परेपछि उनी पनि यस अघि नै निर्वाचित भइसकेका छन् ।

३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भइसकेका छन् । ७ जना खुल्ला सदस्यका लागि भने १४ जना चुनावी प्रतिस्पर्धामा छन् । उनीहरुको निर्वाचन बिहीबार गरिने पनि प्रमुख निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए ।

इप्पानको २१ औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन जेठ ३२ गते हायात होटलमा हुँदैछ । साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन् ।

वि.सं.२०८० जेठ ३१ बुधवार २०:११ मा प्रकाशित

You can share this post!

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...