back
NMB ad

३ अर्ब रुपैंयाबराबरको ऋणपत्र निष्कासन गर्दै नबील बैंक

Kumari bank ad

काठमाडौं, ३१ जेठ । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ‘नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ।

डिबेन्चर निष्कासनका लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ।

बैंकले डिबेन्चर बिक्री प्रबन्धकका रुपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुईपक्षले समझदारी गरेका हुन्।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरुद्वय विनयकुमार रेग्मी र मनोज ज्ञवाली र दुवै संस्थाका वित्त प्रमुखहरुको उपस्थिति थियो।

नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालयलगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ। पुँजीगत आधार थप सबल भई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा डिबेन्चर निष्कासनले सहयोग पुर्याउने विश्वास गरिएको छ।

नबिल बैंकले हाल देशका ७ वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालय र १८ विस्तारित शाखा कार्यालयमार्फत सेवा उपलब्ध गराउँदै आएको छ।

वि.सं.२०८० जेठ ३१ बुधवार २०:१९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...