काठमाडौं, ३२ जेठ । प्रभु बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोली असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याजदर तोकेको छ ।
यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, रेमिट्यान्स बचत खातामा ११.५१ प्रतिशत ब्याजदर तोकेको छ ।
वि.सं.२०८० जेठ ३२ बिहीवार १०:०१ मा प्रकाशित