काठमाडौं । आज जेठ ३२ गते बिहीबार सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ८०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ११ हजार रुपैयाँ तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० र तेजावी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैंयाले घटेर १ हजार ४०५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०८० जेठ ३२ बिहीवार १०:४४ मा प्रकाशित