back
NMB ad

बिजुली व्यापारका लागि निजी क्षेत्र सक्षम छ : इप्पान अध्यक्ष आचार्य   

Kumari bank ad

काठमाडौँ, ३२ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार भइसकेकाले सरकारले बाटो खोलिदिनुपर्ने बताउनुभएको छ ।

इपानको आजदेखि यहाँ सुरु भएको २१औँ साधारणसभाको उद्घाटनसत्रमा उहाँले ‘नेपालको पानी, समृद्धिको खानी’ भन्ने नारासहित नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको धेरै ठूलो लगानी भइसकेको पनि बताउनुभयो ।

जुनसुकै मुलुकको आर्थिक समृद्धिको आधार ऊर्जा नै रहेको र सबै देशले प्राप्त स्रोतलाई अधिकतम उपयोग गरिरहेकाले नेपालले पनि आफ्नो स्रोतको उच्चतम उपयोग गर्नुपर्ने अध्यक्ष आचार्यको भनाइ छ ।

“पछिल्लो समयमा कार्बन उत्सर्जन घटाउने विश्वव्यापी चासोको विषय छ । कार्बन घटाउने क्षमता भएको मुलुक नेपाल हो । नेपालमा क्लिन इनर्जीको धेरै सम्भावना छ । हाइड्रो, सौर्य सबै ऊर्जाको सम्भावना छ”, अध्यक्ष आचार्यले भन्नुभयो ।

नेपालको विद्युत् जडित क्षमता करिब तीन हजार मेगावाट पुग्दा, पाँच हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन, ११ हजार मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौता (पिपीए)को पर्खाइमा र अध्ययनको चरणमासमेत रहेका आयोजना जोड्दा २५ हजार मेगावाटका आयोजना विभिन्न चरणमा रहेको अध्यक्ष आचार्यले तथ्याङ्क सुनाउनुभयो ।

खपत बढाउनु भने चुनौती रहेको जानकारी दिँदै उहाँले औद्योगिक, सिँचाइ, विद्युतीय चुल्हो र विद्युतीय गाडीमा खपत बढाउनुपर्ने बताउनुभयो । विद्युत् उत्पादनमा निजी क्षेत्रको प्रवेशबिना उत्पादन सफल नभएको भन्दै खपत बढाउन र निर्यात गर्नका लागि पनि अब निजी क्षेत्रलाई व्यापार गर्न दिनुपर्ने अध्यक्ष आचार्यको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमण ऊर्जा केन्द्रित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विगतका भ्रमण राजनीतिक केन्द्रित हुन्थे । यसपटक आर्थिक मुद्दामा केन्द्ररित भएको र त्यसमा पनि अझ ऊर्जा केन्द्रित नै भयो । यो ऊर्जा उद्यमीका लागि खुसीको कुरा हो ।”

भारतमा १० हजार मेगावाट विद्युत् निर्यातको समझदारी हुनु आफँैमा महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यतिबेला यो सफल होला र ? भन्ने पनि प्रश्न उठेको पाइन्छ । हामी सकारात्मक छौँ । हिजो ४० मेगावाट निर्यात हुँदा पनि जम्मा ४० भनेका थिए । आज चार सय मेगावाट गइरहेको छ । त्यसैले १० हजार मेगावाट विद्युत् पनि निर्यात हुनेछ ।”

उत्पादनमा निजी क्षेत्र नआउँदासम्म विद्युत् उत्पादन बढेन, त्यसैगरी व्यापारमा पनि निजी क्षेत्र नआएसम्म व्यापारको दायरा बढ्न नसक्ने उहाँको भनाइ छ । निजी क्षेत्र विद्युत् व्यापार गर्न योग्य रहेको स्पष्ट पार्दै उहाँले निर्यात गर्न पाइयो भनेर खुसी भएर मात्र नपुग्ने र देशभित्र खपत गर्ने वातावरण बनाउनु पनि उत्तिकै आवश्यक भएको बताउनुभयो ।

वि.सं.२०८० जेठ ३२ बिहीवार १३:०९ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...