काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
नेशनल हाइड्रोपावर कम्पनीको ५० प्रतिशत हकप्रद सेयरपछि प्रतिइकाई १८२ रूपैयाँ ७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहीको अन्तिम कारोबार मूल्य २२३ रुपैंया १० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० जेठ ३२ बिहीवार १६:३८ मा प्रकाशित