काठमाडौं। नेप्सेले आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । आदर्श लघुवित्तलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गरेर असार १ गतेदेखि एकीकृत कारोबार थाल्दै भएपनि शेयर कारोबार रोक्का गरेको हो ।
लघुवित्तले मर्जर प्रयोजनको लागि शेयर कारोबार रोक्का गर्न नेप्सेलाई जेठ २८ गते पत्र पठाएको थियो । सोहि पत्रका आधारमा नेप्सेले असार १ गतेदेखि लागू हुने गरी शेयर कारोबार रोक्का गरेको हो ।
वि.सं.२०८० जेठ ३२ बिहीवार १६:४६ मा प्रकाशित