back
NMB ad

बैशाखसम्म विकास बैंकहरुको नाफा ४ अर्ब माथि, मुक्तिनाथ सबैभन्दा अगाडि

Kumari bank ad

काठमाडौं । विकास बैंकहरुले बैंशाख मसान्तसम्ममा ४ अर्ब २९ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले बैशाख महिनासम्ममा उक्त मुनाफा आर्जंन गर्न सफल भएका हुन् ।

यसअवधिसम्मा सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले मुनाफा आर्जन गरेको छ । बैंकले १० महिनाको अवधिमा ९५ करोड ७२ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ।

दोस्रोमा गरिमा विकास बैंक रहेको छ। बैंकले यस अवधिसम्मा ६९ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ ।

तेस्रो त्यसैगरी शाईन रेसुंगा यस अवधिसम्ममा ६१ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

त्यस्तै, लुम्बिनी विकास बैंकले ४७ करोड ७७ लाख खुद कमाएको छ भने महालक्ष्मी विकास बैंकले ४५ करोड ५६ लाख खुद नाफा कमाएको छ ।

कामना सेवा विकास बैंकले ३७ करोड ३ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले २९ करोड ७३ लाख रुपैयाँ, ज्योति विकास बैंकले २८ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ ।

सबै भन्दा कम नाफा कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ। ग्रीन डेभलपमेन्ट बैंकले १ करोड १९ लाख खुद नाफा कमाएको छ । त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकले १ करोड १ करोड २६ लाख तथा कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ६६ लाख खुद ननफा कमाएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक , सिन्धु विकास बैंक र सालपा विकास बैंक भने घाटामा रहेका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नोक्सानी सबैभन्दा धेरै २८ करोड ४५ लाख रहेको छ । त्यस्तै एक्सेलको खुद नोक्सानी ६ करोड ४९ लाख रहेको छ भने नारायणीको खुद नोक्सानी ३ करोड ६९ लाख रहेको छ ।

वि.सं.२०८० असार ४ सोमवार १४:४६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...