back
NMB ad

घोराही सिमेन्टको आईपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले व्यापाक चलखेल देखिएको घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरेको छ।

सेबोनले आज एक सूचना जारी गर्दै घोराही सिमेन्टको र्आपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरेको हो। ‘जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इन्डस्ट्रीको सार्वजनिक निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय भएको छ ।

‘निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सार्वजनिक निष्कासन भएको घोराही सिमेन्टलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३४ को उपनियम ९२० विपरित भए नभएको बारेमा केयर रेटिङ नेपाल लिमिटेडलाई ३ दिनभित्र स्पष्ट गरी पेस गर्न २०६० जेठ ३० गतो पत्राचार गरिएकोमा केयर रेटिङ नेपाल लिमिटेडले हालसम्म जानकारी पेस नगरी कुनै आधार बिना म्याद थपका लागि अनुरोध गरेका साथै उक्त कम्पनीको सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ता सेयरका लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्कासनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्कासनसम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्टको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

कम्पनीले आइपीओमा माग भन्दा पनि बढी कित्ता आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको छ । सोही सन्दर्भमा बोर्डले लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर हाललाई आइपीओ निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गरेको हो ।

वि.सं.२०८० असार ४ सोमवार १६:१० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...